logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अदालतले विघटन सदर गर्न सक्छ, चुनावको तयारी गर्नुस् : कमल थापा


अंकुरण खबर
793
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले चुनावको तयारीमा लाग्न नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

सोमबार मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै थापाले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय सदर गरे तत्काल चुनावमा जानसक्ने गरी तयारी थाल्न आग्रह गरेका हुन् ।

अध्यक्ष थापाले संगठन सुदृढीकरण, जनसंघर्ष र महाधिवेशनको तयारीलाई सशक्त ढंगबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नेपाली समाज सनातन मूल्यमान्यता, धर्म र संस्कृतिको जगमा खडा भएको भन्दै थापाले मुलुकको स्वाधिनता जोगाउन राजासहितको प्रजातन्त्र आवश्यक रहेको बताए ।

उनले अभिभावक नभएपछि मुलुकमा भ्रष्टाचार र मनपरितन्त्र बढेको उल्लेख गरे । थापाले भ्रष्टाचारका साथै बेरोजगारी, धर्मपरिवर्तन र सर्वसत्तावाद अहिलेको प्रमुख समस्या भएको बताएका छन् ।

कार्यक्रममा राप्रपा नेता राजाराम बर्तौला, रामहरि न्यौपाने, गुरुप्रसाद सापकोटा, इन्दिरा न्यौपाने, मीठेबहादुर कार्की लगायतले बोलेका थिए ।