logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुन तस्करीको आरोपमा एकजना पक्राउ, ६ सय ग्राम सुन बरामद


अंकुरण खबर
1.391K
Shares

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल ल्याउन लागिएको ६ सय ग्राम सुन बरामद भएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले युनाइटेड अरब इमिरेट्स (युएई) बाट लाइएको सो सुन बरामद गरेको हो ।

सो सुन लिएर आउने राजीव लामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भु मरासिनीले जानकारी दिए । लामा फ्लाई दुबईको विमानबाट आइतबार काठमाडौं ओलिएका थिए । उनको साथमा ५०/५० ग्रामका दुईवटा बाला र चार टुक्रासहित सो परिमाणको सुन भेटिएको थियो ।

उनले ल्याएको सो सुनको मूल्य प्रचलित बजार दर अनुसार ४६ लाख ६५ हजार ६ सय रुपैयाँ रहेको भन्सार प्रमुख मरासिनीले जानकारी दिए । आज सुनको मूल्य प्रतितोला ९० हजार ७ सय रुपैयाँ छ ।