logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद् विघटनविरुद्धका मुद्दामा दुवै पक्षको बहस सकियो, भोलिदेखि एमिकस क्युरीले राय दिने


अंकुरण खबर
819
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि दुवै पक्षको बहस सकिएको छ ।

रिट निवेदकको बहस सकिएलगत्तै सरकारी पक्षबाट कानुन व्यवसायीहरुले बहस गरेका थिए ।

दुई दिन रिट निवेदकका तर्फबाट जवाफी बसहको समय निर्धारण गरिएको थियो। आज रिट निवेदकका तर्फबाट पनि जवाफी बहस सकिएको छ। अब सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारदेखि अदालतको सहयोगीका रुपमा एमिकस क्युरीको तर्फबाट बहस सुरू भएको छ।

सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनबाट ३ जना र सर्वोच्च अदालत बार एसोसिएसनबाट २ जना एमिकस क्युरी माग गरेको थियो।

जसअनुसार नेपाल बारबाट बद्रीबहादुर कार्की, विजयकान्त मैनाली र सतिशकृष्ण खरेल तथा सर्वोच्च अदालत बार एसोसिएसनबाट पूर्णमान शाक्य र गीता पाठकले एमिकस क्युरीको रुपमा बहस गर्नेछन्। उनीहरुले कुनै पनि पक्ष वा विपक्षमा बहस नगरेर अदालतलाई रायमात्रै दिनेछन्। एमिकस क्युरीको रायपछि सर्वोच्च अदालतले फैसला सुनाउने छ।

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ भइरहेको छ।

प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन्।