काठमाडौं – कृषि विकास बैंक ह्याकिङ प्रकरणमा कृषि विकास बैंक लहान ऋण शाखाका प्रमुख सनिष कुमार शाह पक्राउ परेका छन ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ह्याकिङ प्रकरणमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरेको हो । पक्राउ गरेलगत्तै उनलाई थप अनुसन्धानको लागि महाशाखाले आज काठमाडौं ल्याएको छ । योसँगै कृषि विकास बैंक ह्याकिङ प्रकरणमा पक्राउ पर्नेहरु १५ जना पुगेको छ ।
यसअघि विदेशमा बसेरै ह्याकरले कृषि विकास बैंकको करिब पाँच करोड रुपैयाँ ११ व्यक्तिको खातामा र्पुयाएका थिए भने प्रहरीले बैँकिङ प्रणालीबाट करोडौँ रुपैयाँ कुम्ल्याउने योजना बनाएका १२ जनालाई पक्राउ गरेको थियो ।
साथै थप दुई जना यज्ञराज भट्ट ४६ लाख रुपैयाँसहित महेन्द्रनगरबाट र मालती देवी न्यौपाने भट्टराई पवर्तको हुवासबाट २४ लाखसहित प्रकाउ परेका थिए ।