logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लागुऔषध ट्याब्लेट सहित दुई जना पक्राउ


अंकुरण खबर
832
Shares

लागुऔषध ट्याब्लेट सहित झापाबाट दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा बुद्धशान्ती गाउँपालिका–३ का २३ बर्षीय निपुल लिम्बु र २२ बर्षीय समिर खान रहेका छन् ।

सोमबार राती साढे ११ बजे बाटोमा हिडिरहेका दुबैलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रहरीले उनीहरुको साथबाट लागुऔषध नाट्रोभेट ३७ ट्याब्लेट फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।