logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

दोहोरो अंकले बढ्यो नेप्से


अंकुरण खबर
1.417K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले बढेको छ ।

सोमबार ९२.४२ अंकले बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।

नेप्सेका अनुसार आज १५.५० अंकले नेप्से बढेर दुई हजार छ सय १ दशमलब ५१ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहि बेरमै नेप्से २६ सय ३१ विन्दु पार गरेको थियो ।

त्यस्तै, आज नेप्सेमा १० अर्ब ३ करोड ५४ लाख बरोबरको कारोबार भएको छ । सोमबार पनि १० अर्ब बढीको कारोबार भएको थियो ।

आज कारोबार भएका १२ समूहमध्ये ४ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ ।