logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

पत्रकार महासंघको २६ औं महाधिवेशन आज


अंकुरण खबर
2.093K
Shares

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आज काठमाडौंमा हुँदैछ ।

राष्ट्रिय सभागृहमा हुने महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सय जनाको उपस्थिती रहनेछ ।

महासंघका सचिव राम प्रसाद दाहालका अनुसार बुधबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएर छलफल पश्चात पारित हुनेछ । महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ ।

यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ । समितिले एक दुई दिनमा निर्वाचन मिति घोषणा गर्ने सचिव दाहालले बताए ।

महाधिवेशनको अवसरमा महासंघले पत्रकारिता क्षेत्रमा योगदान पु¥याएका पत्रकारहरुलाई पुरस्कृत एवं सम्मान पनि गर्ने कार्यक्रम रहेको छ ।