logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

खाली गर्न थालियो काठमाडौंको खुलामञ्च, डोजर लगाएर हटाइयो संरचना


अंकुरण खबर
2.821K
Shares

काठमाडौं महानगरपालिकाले अतिक्रमण भएको खुलामञ्चलाई खुला गर्ने अभियान थालेको छ । खुलामञ्चमा १२ वैशाख २०७२ को भूकम्पपछि निर्माण सामग्री थुपारिएको थियो ।

महानगरपालिकाले दरबार हाइस्कुल र वीर अस्पतालको नयाँ भवन निर्माणका क्रममा थुपारिएका सामग्री खाली गरेको हो ।

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुननिर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै महानगरपालिकाले ती संरचना पुननिर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दरबार हाइस्कुल र वीर अस्पतालको भवन निर्माण सकिएपछि निर्माण सामग्री हटाएर खुलामञ्च खाली गरिएको जानकारी दिए । शाक्यले अब क्रमश बसपार्क पनि खुला गर्ने जानकारी दिए ।

पछिल्लो समय हरेक दिनजसो सडकमा हुने विशाल विरोध प्रदर्शन, र्‍याली, आमसभालगायतले महानगर क्षेत्र भित्रका सडकहरु अस्तव्यस्त बन्ने गरेको र त्यसको मार महानगरवासीले खेप्नु परेको भन्दै खुलामञ्च खुला गर्ने पहल थालेको महानगरले जनाएको छ ।