बागमती प्रदेशसभाको बैठक अनिश्चितका लागि स्थगित गरीएको छ ।
आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक बिहान सूचना टाँसेर स्थगित गरीएको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस भएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ ।
हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति नजुटेपछि आज बिहान सूचना टाँसेर बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
पुस १० गते प्रदेशसभा नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । नेकपाको विवादले संघीय संसदको प्रतिनिधि सभा विघटन भएपछि प्रदेशसभा बैठक पनि लगातार स्थगित हुँदै आएको छ ।