logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालयसँग कुनै परामर्श नै नगरी एकलौटी रुपमा अस्पतालको शुल्क बढाउन मिल्दैन : स्वास्थ्य मन्त्रालय


अंकुरण खबर
1.768K
Shares

सरकारले नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन (अफिन)ले वृद्धि गरेको चिकित्सकहरूको परामर्श शुल्क वृद्धि खारेज गर्दै उनीहरूले गरेको शुल्कवृद्धिको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले चिकित्सकको परामर्श शुल्क वृद्धिप्रति गम्भीर असहमति भएको बताएका हुन् । ‘स्वास्थ्य मन्त्रालयसँग कुनै परामर्श नै नगरी चिकित्सकको परामर्श शुल्क वृद्धि गरेको भन्दै लागू हुन सक्दैन,’ मन्त्री त्रिपाठीले पत्रकार सम्मेलनमा भने, ‘पुरानै शुल्क कायम छ ।’

मन्त्रालयका प्रमुख विशेषज्ञको संयोजकत्वमा रहेको समितिसँग गरिएको सम्झौता कार्यान्वयन गर्न मन्त्रालयले थप निर्णय गर्नुपर्ने भन्दै चिकित्सक संघ र अफिनले एकलौटी रुपमा परामर्श शुल्क वृद्धि मन्त्रालयलाई मान्य नभएको मन्त्री त्रिपाठीले बताएका छन् ।

‘मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श शुल्क नगरी वृद्धि गर्ने अवस्था रहदैन,’ पत्रकार सम्मेलनपछि मन्त्रालयले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरेर मात्र यस किसिमको निर्णय गर्न मन्त्रालयले  चिकित्सक संघ र अफिनको ध्यानाकर्षण गराएको छ ।

बुधबार चिकित्सक संघ र अफिलले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै ओपिडी (परामर्श) शुल्क बढाएका थिए ।

No description available.