logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियूद्वारा आयल निगम घेराउ


अंकुरण खबर
1.079K
Shares

सरकारले एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह)ले बिहीबार नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेको छ ।

बिहीबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले अहिले बबरमहलस्थित आयल निगम कार्यालय अगाडि धर्ना बसेर नाराबाजी गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने भन्दै नारा लगाएका छन् ।

नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो ।