logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बहस सकियो, अर्को पेशी ११ गते


अंकुरण खबर
767
Shares

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका मुद्दामाथिको बहस सकिएको छ।

शुक्रबार एमिकस क्युरी सदस्य गीता पाठक संग्रौलाले आफ्नो राय दिएसँगै सर्वोच्चको संवैधानिक इजलासमा चलिरहेको बहस सकिएको हो।

मुद्दाको अर्को पेशी आउँदो ११ गते तोकिएको छ भने १० गतेसम्म बहस नोट बुझाउने समय दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ थान निवेदन परेका थिए। निवेदनमाथि माघ ४ गतेदेखि निरन्तर सुनुवाइ चलिरहेको थियो।

एमिकस क्युरीअघि रिट निवेदक पक्ष, सरकारी पक्ष र प्रधानमन्त्रीका निजी कानुन व्यवसायीले बहस गरेका थिए । सरकारी पक्ष र प्रधानमन्त्रीका कानुन व्यवसायीले उठाएको प्रश्नमाथि रिट निवेदक तर्फबाट कानुन व्यवासायीले जवाफ समेत दिइसकेका छन् ।

सर्वोच्चले नेपाल बार एशोसिएसन र सर्वोच्च बारबाट पाँच जना एमिकस म्युरी मगाएको थियो। उनीहरु सबैले अदालतलाई राय दिइसकेका छन् । बहस सकिएसँगै अब छिट्टै निर्णय आउने अपेक्षा गरिएको छ ।