विश्वव्यापी रुपमाा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बहराइनको स्वास्थ्य मन्त्रालयले आप्रवासीहरुको लागि थप पीसीआर परिक्षण अनिवार्य गरेको छ ।
बहराइनको मनामा रहेको नेपाली राजदूतावासका अनुसार यसअघि परिक्षण गर्नुपर्ने प्रावधान रहेता पनि २२ फेब्रुअरीबाट लागू हुने गरी एउटा पीसीआर परिक्षण थप गरिएको हो ।
बहराइन जानेहरुले विमानस्थलमै एक पटक, पुगेको पाँचौ दिनमा तथा १० दिनभन्दा बढी समय बहराइनमा व्यतीत गर्नेले दशौं दिनमा पुनः एक पटक परिक्षण गर्नुपर्ने छ ।
त्यस्तै, बहराइन पुगेपछि ‘बीवेयर बहराइन’ डिजिटल एप डाउनलोड गर्नुपर्ने छ भने विमानस्थलमा गरिएको परिक्षण नतिजा प्राप्त नभएसम्म सेल्फ आइसोलेटमा बस्नुपर्ने छ । यदि परिक्षणमा संक्रमण देखिएमा त्यहाँको स्वास्थ्य मन्त्रालयले सम्पर्क गर्ने जनाइएको छ ।