महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले आफूले राजिनामा दिएको हल्ला कुनामा बसेर गरिएको षडयन्त्र भएको बताएका छन्।
विभिन्न सञ्चारमाध्यममा महान्यायाधिवक्ता खरेलले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले आफुले राजीनामा नदिएको प्रष्ट पारेका हुन् ।
प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएको भन्दै विभिन्न सञ्चारमाध्यममा मंगलबार बिहानैदेखि समाचार प्रकाशित भएका थिए ।
आफ्नो र सरकारको बदनाम गर्नका लागि दुश्प्रचार गरिएको भन्दै खरेलले यसलाई आफूविरुद्धको षड्यन्त्र भनेका छन् ।
‘मैले राजीनामा दिएको छैन र दिनुपर्ने कारण पनि छैन,’ उनले भने, ‘मेरो विरुद्ध कुनै कुनामा बसेर मान्छेले षडयन्त्र गरेर बाहिार राजीनामाको झुटा हल्ला चलाए ।’