logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रचण्ड-नेपाल र देउवाबीच छलफल जारी


अंकुरण खबर
2.457K
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् ।

संसद पुनर्स्थापनापछिको राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न अध्यक्षद्वय सभापति देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् ।

केहीबेर अघि अध्यक्षद्वय बुढानिलकण्ठ पुगेको र छलफल जारी रहेको स्रोतले जनाएको छ । संसद पुनर्स्थपनासँगै कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमकाविरुद्ध प्रचण्ड-नेपालले विरोध गरिरहेको थियो । संसद पुनर्स्थापनासँगै अध्यक्ष प्रचण्डले सबै दलहरुसँग सहमती गरेर अगाडि बढ्ने बताएका छन् ।