logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सरकारले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने


अंकुरण खबर
1.378K
Shares

सत्तारुढ दल नेकपाको केपी ओली समूहले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै त्यसको कार्यान्वयन गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी लिए।

‘हाम्रो पार्टी नेकपा शक्ति पृथकीकरण, लोकतन्त्र र विधिको शासनमा विश्वास गर्ने पार्टी हो। संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत नै हो। फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ उनले भने, ‘अदालतबाट आउने सबै फैसला अपेक्षित नै हुन्छन् भन्ने होइन। सधैं वाञ्छित परिणाम दिन्छन् भन्ने पनि होइन। अदालतको फैसलाले राजनीतिक स्थिरतालाई बल पुर्याउँछ वा थप अस्थिरता निम्तिन्छ भन्ने कुरा मुख्य हो। के हुन्छ, हेर्न बाँकी छ।’

सर्वोच्चले आदेश दिएको समयभित्रै संसद् बैठक बोलाइने उनले बताए। उनले थपे, ‘त्यसपछि के गर्ने भनेर छलफलमा छौं। फेरि राजनीतिक अस्थिरता नहोस्, संसदमा अनैतिक गठबन्धन नहोस् भन्ने हाम्रो चासो हो।’

समग्र परिस्थितिको छलफल गर्न चाँडै केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाइने उनले बताए। ओली पक्षले बोलाउने बैठक नै आधिकारिक हुने दाबी उनले गरे।

यसअघि पार्टीले तय गरेका कार्यक्रमहरुले निरन्तरता पाउने तर स्वरुप परिवर्तन हुने उनले जानकारी दिए।