logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने


अंकुरण खबर
793
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको निर्णय स्वरुप मान्ने भन्दै प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् ।

बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि सञ्चारकर्मीसँग ओली निकट नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सो कुरा बताएका हुन् । अबको बाटो के कसरी जाने भन्ने कुरा अन्य दलहरुबीच छलफल गरेर निर्णय गर्ने प्रवक्ता ज्ञावलीले जानकारी दिएका छन् ।

ओली पक्षको स्थायी समिति बैठक बिहीबार पनि बस्नेछ । बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रवक्ता ज्ञावलीले दिएका छन् ।

कानुनी रुपमा बिभाजन भैनसकेको नेकपामा दलको नेता केपी ओली र उपनेता सुवास नेम्वाङले बोलाएको बैठक नै आधिकारिक हुने ओली पक्षीय नेताहरुले दावी गर्दै आएका छन् ।

उता प्रचण्ड माधव पक्षले पनि आजै संसदीय दलको बैठक बोलाएको छ ।