logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रचण्ड नेपालप्रति ओलीको कटाक्ष – मेरा भाइहरुले लड्डु खाएछन्, के जिते मलाई थाहा छैन


अंकुरण खबर
1.963K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री, मन्त्री लगायतको कुनै पद पनि स्थायी नभएको बताएका छन् ।

सर्वोच्च अदालतले संसद पुनः स्थापना गरेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाँचुन्जेल राम्रो काम गर्नुपर्ने बताए ।

मंगलबार सर्वोच्चको फैसलापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधव कुमार नेपालले एक आपसमा लड्डु खुवाएको प्रति टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले किन खुसी भएका हुन् भन्दै प्रश्न गरे । ‘मेरा भाइहरुले लड्डु ख्वाइख्वाइ गरेछन् । के जिते थाहा छैन ?’ उनले भने, ‘लड्डु खाएर के पाउँछन् अब हेर्नुछ ।’

प्रचण्ड माधवले आफ्नो राजीनामा माग्न थाल्ने प्रधानमन्त्रीको भनाइ थियो । मेरो बिचारमा भोलि पर्सिबाट फेरि राजीनामा माग्नु हुन्छ कि जस्तो लागेको छ रु राजीनामा देउँ, राजीनामा देउँ भनेर ।’

उनले सरकार रहने र सरकारले काम गरिरहने दावी गरे ।

प्रधानमन्त्री ओलीले जिन्दगीको कुनै ठेगान नभएको भन्दै जबसम्म बाँचिन्छ तबसम्म राम्रो काम गर्नुपर्ने बताए ।‘मरेपछि केही अर्थ छैन बाँचुन्जेल इमान्दार हुने हो,’ ओलीले भने ,‘स्वार्थबाट लपेटिएका मान्छेहरुमा यस्ता कुराले धेरै असर गर्छ ।’

सहज असहज दुबै परिस्थितिमा समान रुपमा काम गर्नुपर्ने ओलीको भनाइ थियो ।‘सूर्य उदाउँदा पनि रातो हुन्छ अस्ताउँनु पर्दा पनि सूर्य रातै भएर अस्ताउँछ ’ उनले भने,‘ हामी आफ्नो कर्तव्य पालना गर्ने हो, दृढाताका साथ देश बनाइ छाड्ने संकल्पमा अघि बडढ्ने हो ।’