logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा नाम विवाद : सर्वोच्चमा बहस सकियो, २० गते फैसला सुनाउने


अंकुरण खबर
962
Shares

नेपाल कम्युनिस्ट पार्टीको नामका विषयमा परेको रिटमाथि सर्वोच्च अदालतले फागुन २० गते फैसला सुनाउने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले आफ्नो पार्टीसँग मिल्ने गरी ओली–प्रचण्डलाई नाम दिएको भन्दै निर्वाचन आयोगविरुद्ध २ वर्ष पहिले नै रिट दायर गरेका थिए ।

उक्त रिटमाथि न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा बिहीबार सुनुवाइ भएको हो । सुनवाइ सकिए पनि सर्वोच्चले निर्णय भने २० गते मात्रै सुनाउने निवेदक पक्षका अधिवक्ता रत्नप्रसाद जोशीले जानकारी दिए ।

सुरुमा अन्डरलाइन नेपाल कम्युनिस्ट पार्टी दर्ता गर्न पुगेका ओली-प्रचण्डलाई निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाममा दर्ता गरिदिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो।

ओली-प्रचण्ड नेतृत्वकै नेकपाभित्रकै विवाद उत्कर्षमा पुगेका बेला सर्वोच्च अदालतले उक्त रिटमाथि सुनुवाइ गरेको हो । कट्टेलका तर्फबाट बहस गरेका अधिवक्ता रत्नप्रसाद जोशीले आफूहरुले उनीहरुको कोस्टकभित्रको नेकपाको परिभाषा समेत मागेको बताए ।

नाम र चुनाव चिन्हको विषयमा अहिले ओली–प्रचण्डबीचमै विवाद भइरहेको छ । उक्त विवादमाथि निर्वाचन आयोगले पनि निर्णय गरिसकेको छैन ।