logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य निरन्तर घट्दै : यस्तो छ आजको मूल्य


अंकुरण खबर
1.287K
Shares

काठमाडौं – नेपाली बजारमा मंगलवार सुनको भाउमा ८ सय रुपैयाँले गिरावट आएको छ । मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमवारको तुलनामा मंगलवार छापावाल सुनमा ८ सय रुपैयाँको गिरावट आएको हो । सोमवार छापावाल सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन आज प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलवार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमवार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।