logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ज्योति लाइफको आईपीओ निष्काशन फागुन २३ गते देखि


अंकुरण खबर
832
Shares

ज्योति लाइफ इन्स्योरेन्सले  सर्वसाधारणमा आईपीओ निष्काशन फागुन २३ गते देखि गर्ने भएको छ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो।

इन्स्योरेन्सको कुल शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सो आइपीओमा छिटोमा फागुन २८ गते र ढिलोमा चैत ८ गतेसम्म आवेदन दिन सकिनेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।