प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् ।
हाल प्रचण्ड-माधव समूहमा रहेका गुरुङलाई हटाउँदै प्रधानमन्त्री ओलीले प्रमुख सचेतकमा विशाल भट्टराईलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
गुरुङ नेकपा-प्रचण्ड माधव समूहमा रहेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाको प्रमुख सचेतकमा नियूक्त गरेका भट्टराई खोटाङबाट निर्वाचत सांसद हुन् ।