logo
  • बुधबार, कार्तिक २६, २०८३ / Wednesday, Nov, 11 ,2026

नगद ७ लाख रुपैयाँसहित वीरगन्जमा २ जना हुण्डी कारोबारी पक्राउ


अंकुरण खबर
1.053K
Shares

नगद ७ लाख रुपैयाँसहित पर्सा प्रहरीले २ जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

भारतीय नम्बरप्लेट बीआर-०५-डी ६८६९ को मोटरसाइकलमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा ७ लाख रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको मोतिहारी थाना रक्सौल घर भएका ४० वर्षीय संजय कुमार गुप्ता र सोही ठाउँका ३७ वर्षीय बिनोद कुमार छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंकाको आधारमा चेकजाँच गर्दा ७ लाख रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले जानकारी दिए ।

डीएसपी खनालका अनुसार उनीहरुलाई बिहीबार राति ८:३० बजेको समयमा वीरगन्जको रजतजयन्ती चोकबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनाविरुद्ध बैंक तथा वित्तिय संस्थासम्बन्धी ऐन २०७३ बिपरितको कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्यादद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।