logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

 सभामुखको राजीनामा प्रस्ट नआएको भन्दै प्रमुख प्रतिपक्षी दलको आपत्ति


अंकुरण खबर
1.157K
Shares

काठमाडौं – संसद् सचिवालयकै कर्मचारीको बलात्कारको आरोपमा राजीनामा दिएका सभामुख कृष्णबहादुर महराको राजीनामा प्रस्ट रूपमा नआएको भन्दै प्रमुख प्रतिपक्षी दलले आपत्ति जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा एक पत्रकार सम्मेलन गर्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राजीनामा पत्रमा अनुसन्धान अवधिसम्मका लागि भनेर उल्लेख गरिनु आपत्तिजनक भएको बताए ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने,  ‘सभामुख महराले पदत्याग गरेको राजीनामा घोषणा गर्नु भएको छ । तर नेपाली कांग्रेसको तर्फबाट आग्रह गर्छु, उहाँले सभामुखबाट राजीनामा दिनु भएको हो कि कार्यभारबाट ? उपसभामुखलाई राजीनामा दिने प्रबन्धअनुसार राजीनामा दिएँ भन्नु भएको छ । तर, उहाँले आफैं समयावधि किटान गर्नु भएको छ, छानबिन प्रक्रिया नसकिएसम्म भनेर ।‘

मानौं, छानबिन प्रक्रियाका लागि एक वर्ष लाग्यो भने संसदले सभामुखविहीन भएर एक वर्षसम्म कार्यभारको नेतृत्वमा जाने ?’ प्रवक्ता शर्माले सभामुखमाथि गम्भीर प्रश्न उठेको र यसले दुःखित र स्तब्ध बनाएको पनि बताएका छन् ।