logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृहमन्त्रीले गरे आफ्नो स्वकीय अधिकृतलाई बर्खास्त


अंकुरण खबर
910
Shares

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्ना स्वकीय अधिकृत वीरु तामाङलाई बर्खास्त गरेका छन् ।

तामाङलाई हटाउनुको कारण स्पष्ट नखुलाइएपनि उनी प्रचण्ड नेपाल समूहमा गएको र सूचना चुहाएको आरोपलाई पदमुक्त गरिएको अभियोगमा हटाइएको बुझिएको छ ।

गृहमन्त्री थापाले तामाङलाई दिएको पत्रमा भनिएको छ, ‘तपाईं मेरो स्वकीय सचिवालय अन्तर्गत स्वकीय अधिकृत पदमा कार्यरत रहिरहनुभएकोमा मिति २०७७/१०/३० गतेदेखि लागू हुने गरी उक्त जिम्मेवारीबाट मुक्त गरिएको व्यहोरा जानकारी तपाईंलाई गराइन्छ । साथै तपाईंले काम र कर्तव्य सम्पादन गर्नुभएकोमा धन्यवाद छ ।’