logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

रघुजीको अभिव्यक्तिविरुद्ध अदालत जाने तयारीमा कोमल वली


अंकुरण खबर
1.378K
Shares

चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले रघुजी पन्तबाट आफ्नो चरित्रहत्या प्रयास गर्ने भएको भन्दै न्यायका लागि अदालत जाने बताएकी छन् ।

एक कार्यक्रममा नेता पन्तले वर्षौंदेखि संघर्ष गरेका, पार्टीकै लागि जीवन अर्पण गरेर गाला चाउरी पारेका महिलाले चाहिँ कुनै अवसर नपाएको तर पिडुँला देखाउँदै पोइल जान पाम भन्नेलाई चाहिँ प्रधानमन्त्री ओलीले पार्टीको केन्द्रीय सदस्य, सांसद र राष्ट्रिय सभा सदस्य बनाएको टिप्पणी गरेका थिए ।

हाल दाङमा रहेकी वलीले काठमाडौं फर्कनासाथ प्रहरी र अदालतको ढोका ढक्ढकाउने जानकारी दिइन् ।

अहिले यो विषयमा आफूले सरसल्लाह गरिरहेकी बताउँदै उनले कानूनी प्रक्रियामा जान धेरैले सुझाव दिएको बताइन्।

नेता पन्तको अभिव्यक्ति आफ्नो लागि मात्र नभएर सबै नेपाली महिलाहरुका लागि अपमानजनक रहेको कोमलले बताइन् । राजनीतिमा लागेका महिलालाई हेर्ने दृष्टिकोण यसबाट प्रतिबिम्बित भएको भएको उनको भनाइ छ ।