logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

म्यानमारमा सैन्य शासनको विरोधमा प्रदर्शन, प्रहरीको गोली लागेर १८ जनाको मृत्यु


अंकुरण खबर
3.549K
Shares

म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।

गोली प्रहारलाई संयुक्त राष्ट्र संघको मानवाधिकार कार्यालयले सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका दिनमध्ये सबैभन्दा घातक दिन भनेको छ ।

मानवअधिकार कार्यालयले प्रदर्शनकारीविरुद्ध भएको हिंसाको निन्दा गरेको छ । उसले आइतवारको घटनामा कम्तीमा १८ जना मारिएको र ३० जना घाइते भएको विश्वसनीय सूचना रहेको जनाएको छ ।

यांगुन, दवेई र मन्डाले शहरमा भएको प्रदर्शनमा सेनाले गोली चलाएको हो । प्रदर्शनलाई दबाउन सेनाले रवरका गोली, अश्रु ग्यास समेत प्रहार गरेको थियो ।

सामाजिक सञ्जालहरूमा सार्वजनिक भिडियोमा प्रहरीले कारबाही गर्दा प्रदर्शनकारीहरू भागिरहेको देखिएको छ । प्रदर्शनकारीले प्रहरी दमनबाट आन्दोलन नरोकिने बताएका छन् ।

फ्रबुअरी एकमा सेनाले शासन सत्ता हातमा लिएदेखि नै म्यानमारमा प्रदर्शन हुँदै आएको छ । प्रदर्शनकारीले आङ सान सू ची लगायत अपदस्थ गरिएका तत्कालीन सरकारका नेताहरूलाई रिहा गर्न माग गरेका छन् । एजेन्सी