logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ का केही स्थानमा हल्का बर्षाको सम्भावना, बाँकी भू-भागहरूको मौसम सफा रहने


अंकुरण खबर
767
Shares

पूर्वी नेपालमा पश्चिमी वायुको प्रभावले गर्दा आगामी तीन दिन प्रदेश १ का केही स्थानमा मेघगर्जन, चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ  ।

मौसम पूर्वानुमान महाशाखाको मौसम विश्लेषण अनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै, आज  राती प्रदेश १, गण्डकी र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।