logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रधानमन्त्री ओलीद्वारा एकैदिन ३१ पुलको शिलान्यास


अंकुरण खबर
1.352K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासको लहर ल्याएको दावी गरेका छन् ।

सोमबार पोखरामा आफूपक्षीय गण्डकी प्रदेशस्तरीय नेकपा भेलालाई सम्बोधन गर्दै ओलीले आफूले हिजो मात्रै एकै दिन ३१ वटा पुल शिलान्यास गरेको बताए ।

देशबाट गरीबी, पछ्यौटेपन र भ्रष्टाचार हटाउँदै देशमा विकास र समृद्धि लहर ल्याउने गरी सरकारले काम गरिरहेको उनको भनाइ छ ।

उनले योजनाबद्ध विकासका लागि सरकार लागिपरेको पनि बताए । उनले यो त उदाहरण मात्रै भएको भन्दै ३ वर्षका बीचमा कति विकास भए भन्नेबारे जनताले आफै मूल्यांकन गर्न सक्ने बताए ।

कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्नेतर्फ सरकार लागिपरेको पनि ओलीले बताए ।