logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

दाहाल-नेपाल पक्षले राष्ट्रपतिविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको बाँस्कोटाको खुलासा


अंकुरण खबर
1.274K
Shares

नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षका नेता गोकुल बाँस्कोटाले दाहाल–नेपाल पक्षले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महा अभियोग ल्याउने तयारी गरेको बताएका छन् ।

पूर्वमन्त्री बाँस्कोटाले मंगलबार बिहान ट्विट गर्दै दाहाल–नेपाल पक्षले राष्ट्रपति भण्डारीलाई हतोत्साहित बनाउनका लागि भएपनि महा अभियोग ल्याउने तयारी गरेको उल्लेख गरेका छन् ।

यसका साथै बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएसम्म प्रतिनिधि सभा बैठक चल्न नदिने तयारीमा रहेको पनि जिकिर गरेका छन् ।

पछिल्लो समय दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले एक टेलिभिजन अन्तर्वार्तामा आफ्नो पक्षको नेकपाले कांग्रेस र जसपासँग सहकार्य गरी अगाडि गए भारत कम्फरटेबल हुने भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । उनको यो अभिव्यक्तिले चौतर्फी आलोचना पनि भईरहेको छ ।