नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेताहरुले सभामुख अग्नी सापकोटासँग भेटवार्ता गरेका छन् ।
मंगलबार प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र स्थायी कमिटी सदस्य जनार्दन शर्माले सभामुख सापकोटासँग भेट गरेका हुन् ।
सभामुख निवासमा भएको उक्त एक घण्टाको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयका दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने लगायतका विभिन्न बिषयमा छलफल भएको बताइएको छ ।
सर्वोच्च अदालतले गएको फागुन ११ गते प्रतिनिधि सभा पुनःस्थापना गरेको । प्रतिनिधि सभा पुनःस्थापनापछि सरकारले २३ गतेका लागि संसद बैठक बोलाएको छ।
सोमबार राष्टपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बैठकले गरेको सिफारिसमा फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन बोलाएकी छन् ।