logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दै


अंकुरण खबर
1.287K
Shares

नेकपाको दाहाल-नेपाल समूहको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठकमा प्रतिनिधि सभा पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे पेरिसडाँडामा छलफल हुने बताइएको छ ।

प्रतिनिधिसभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि दाहाल-नेपाल समूह नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ ।

आजको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको छ । राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचन आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योल कायम छ ।

आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेश गर्नुपर्ने भएकाले केन्द्रीय सदस्यलाई आजको बैठकमा नागरिकता र पार्टीको परिचयपत्र बोकेर आउन भनिएको बताइएको छ ।