logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नाइजेरियाको एक विद्यालयबाट अपहरण परेका तीन सय विद्यार्थी अपहरणमुक्त


अंकुरण खबर
4.42K
Shares

नाइजेरियाका तीन सय विद्यार्थी अपहरणमुक्त भएका छन् ।

उत्तरपश्चिमी नाइजेरियाको जामफारा राज्यको एक विद्यालयबाट अपहरण गरिएका छात्रा विद्यार्थीलाई अपहरणकारीले मुक्त गरेका हुन् ।

गत हप्ता अपहरणमा परेका मध्ये ४२ जनालाई अपहरणमुक्त गरिएको थियो । मंगलबार बाँकी सबैलाई छाडिएको त्यहाँका सरकारी अधिकारीहरूलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

राष्ट्रपति मुहम्मु बुहारीले अपहरणकारीहरूले विद्यार्थीहरूलाई सुकुशल फिर्ता पठाएकोमा खुसी व्यक्त गरेका छन् ।

१२ देखि १६ वर्ष उमेर समूहका ती छात्राहरूको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य केन्द्रमा लगिएको छ । फिरौतीका लागि विद्यार्थीहरूको अपहरण हुने गरेकोमा यो पटक भने किन र के का लागि अपहरण गरिएको हो भन्ने खुल्न सकेको छैन ।