logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य तोलामा पाँच सयले बढ्यो


अंकुरण खबर
1.027K
Shares

नेपाली बजारमा मंगलबार तोलामा १७ सयले घटेको सुनको मूल्य बुधबार बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलाको ८७ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।