logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

शेयर बजारमा ३९.२३ अंकको गिरावट


अंकुरण खबर
806
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) भारी गिरावट आएको छ ।

नेप्सेका अनुसार आज ३९.२३ अंकले नेप्से घटेर दुई हजार चार सय १६ विन्दुमा थामिएको छ भने ६ अर्ब २५ करोड ४८ लाख बराबरको कारोबार भएको छ । त्यस्तै, आज कारोबार भएका समूहमध्ये दुई समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।

आज शेयर बजार राताम्मे भएपनि दुई कम्पनीको शेयरमूल्यमा भने उच्च बृद्धि भएको छ । उच्च शेयरमूल्य बृद्धि हुनेमा चन्द्रागिरी हिल्स र साल्ट ट्रेडिङ कर्पोरेशन  रहेका छन् । जसको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।