logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ को प्रदेशसभा बैठक चैत २ गतेलाई सारियो


अंकुरण खबर
1.027K
Shares

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल चैत २ गते बस्ने गरी सरेको छ ।

प्रदेशसभा बैठक फागुन २० गतेका लागि तोकिएको थियो । त्यसको अघिल्लो दिन आज (बुधबार) प्रदेशसभा सचिवालयले सूचना टाँसेर चैत २ गतेका लागि बैठक सरेको जानकारी गराएको हो ।

फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राइविरुद्धको अविश्वासको प्रस्ताव पेस भएलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले फागुन २० गते बस्ने गरी बैठक स्थगित गरेका थिए ।