logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा नामको विवादमा फैसला मिति सर्‍यो, पूर्वन्यायाधीश सिंहको शोकमा आज सबै अदालत बन्द


अंकुरण खबर
728
Shares

नेकपा नामको विवादमा फैसला मिति सरेको छ । गत बिहीबार सर्वोच्च अदालतले आज नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो ।

पूर्वन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएको शोकमा आज एक दिन सर्वोच्चसहित सबै अदालत बन्द रहेका कारण फैसला मिति सरेको हो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै ऋषि कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते दर्ता गरेका थिए ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता गरी निर्वाचन आयोगमा नेकपा नाममा दर्ता भएपछि कट्टेले अदालत गएका हुन । फागुन ६ मा रिटमा सुनुवाई सकिएको थियो ।