logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुलीमा कोमल वलीले गाइन् गीत- फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई


अंकुरण खबर
1.053K
Shares

राष्ट्रियसभाकी सदस्य कोमल वलीले केपी ओलीलाई प्रेम गर्नु भनेको राष्ट्र र विकासलाई प्रेम गर्नु रहेको बताएकी छिन् ।

बिहीबार सुनकोशी मरिण डाइभर्सनको शिलान्यास कार्यक्रममा वलीले राष्ट्रप्रेमी र विकास प्रेमीलाई प्रेम गर्नुपर्ने बताएकी हुन् ।

सहभागी कार्यक्रममा वलीले प्रधानमन्त्री ओलीको प्रशंसामा गीत गाएकी छन् । वलीले ओलीको समर्थनमा बनाइएको गीत गाएकी हुन् ।

‘फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई, देशको लागि आज अनि चाइयो भोलिलाई,’ वलीले गीतमार्फत भनिन् । गीत गाएपछि वलीले भनिन्, ‘केपी ओलीलाई प्रेम गर्नु भनेको विकास र समृद्धिका लागि हो ।’

केही दिन अघि नेकपाको प्रचण्ड-माधव समूहका नेता रघुजी पन्तले पिँडुल्ला देखाएको भरमा प्रधानन्त्री ओलीले गायिका वलीलाई राष्ट्रियसभा सदस्य बनाएको भन्दै टिप्पणी गरेसँगै वली चर्चामा छिन् ।