नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज (शुक्रबार) संसदीय दलको बैठक बोलाएको छ ।
आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न नेकपाको प्रचण्ड-माधव पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।
यस्तै, शुक्रबार बस्ने नेकपा प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठकमा प्रधानमन्त्रीविरुद्ध संसद सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल हुने छ ।
नेकपाकै ओली पक्षले भने आइतबार संसदीय दलको बैठक बोलाएको छ । ओली पक्षको नेकपाको संसदीय दलको बैठक आइतबार दिउँसो ३ बजे बस्ने जनाइएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन घोषणा गरेपछि सत्तारुढ नेकपा विभाजित भएको थियो ।