logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कांग्रेस नेता जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै, बायाँ हातखुट्टा पनि चल्न थाले


अंकुरण खबर
871
Shares

थापाथलीस्थित नर्भिक हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी स्वास्थ्यमा क्रमिक सुधार देखिन थालेको छ।

आफैंले सास फेर्न थालेपछि उनलाई भेन्टिलेटरबाट निकालिएको अस्पतालले जनाएको छ । मष्तिष्कघात भएपछि एक साताअघि उनलाई वीर अस्पताल हुँदै नर्भिकमा पुर्याई भर्ना गरिएको थियो।

नेता जोशीको उपचारमा न्यूरो सर्जन डा. राजीव झा संलग्न छन् । उनका अनुसार सोमबारदेखि मेसिनले सास फेराउने कामलाई घटाउँदै लगिएको र अवस्थामा सुधार हुँदै गएपछि बिहीबारदेखि पूर्ण रूपमा भेन्टिलेटर हटाइएको हो।

बिहीबार साँझदेखि उनले बायाँ हातखुट्टा पनि सामान्य चलाउन थालेका अस्पतालले जनाएको छ।