पुनर्सथापित प्रतिनिधिसभा बैठकअघि नेकपाका दुवै समूह आन्तरिक छलफलमा व्यस्त बनेका छन् ।
आज अपराह्न ४ बजेका लागि बोलाईएको बैठकमा कसरी प्रस्तुत हुने भनेर नेकपाको दुबै समूह छलफलमा जुटेको हो ।
आइतबार बिहान खुमलटारमा नेकपा प्रचण्ड माधव पक्षको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्नसक्ने नयाँ कदम र आफूहरुको रणनीति तय गर्नका लागि बैठक बसिरहेको हो ।
यता बालुवाटारमा सबेरैदेखि आधा दर्जन भन्दा बढी सांसद तथा मन्त्रीहरूसँग प्रधानमन्त्रीले छलफल गरेको स्रोतको दाबी छ ।
बिहान प्रधानमन्त्रीलाई भेट्न गएकाहरूमा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङलगायतका सात जना छन् ।
हिजोको संसदीय दलको बैठकमा अनुपस्थित भएका केही सभासदसमेत उपस्थिति जनाउन बालुवाटार पुगेको स्रोतको दाबी छ ।