नेपाली बजारमा आइतबार सुनको मुल्य तोलामा ५०० रुपैंयाले बढेको छ ।
आज छापावाला सुनको मुल्य तोालामा ५०० रुपैंयाले बढेर प्रतितोला ८६ हजार १०० रुपैैयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
शुक्रबार छापावाला सुन प्रतितोला ८५ हजार ६०० रुपैंयामा कारोबार भएको थियो ।
आज तेजावी सुनको मुल्य ८५ हजार ६५० रुपैंया रहेको छ । यस्तै, चाँदीको मुल्य भने आज स्थिर रहेर प्रतितोला १२ सय ५० रुपैंयामा कारोबार भइरहेको जनाएको छ ।