logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रतिनिधि सभाका बैठक सुरु नभइ बाहिरिए ओली


अंकुरण खबर
3.172K
Shares

आज अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको सातौँ अधिवेशन अझै सुरु हुन सकेको छैन ।

प्रतिनिधिसभाको अधिवेशनमा भाग लिन अपराह्न करिब ४ बजे संसद् भवन पुगेका ओली बैठक सुरु नभई फर्किएका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेको बेला सर्वोच्च अदालतको आदेश अनुसार पुनस्र्थापित प्रतिनिधि सभाको बैठक सुरु हुन लागेको हो ।

प्रधानमन्त्रीे निकट सांसद सुवास नेम्वाङले पटक-पटक बैठक सुरू गर्न खबर गर्दा पनि सभामुखले बैठक सुरू नगरेपछि प्रधानमन्त्री बाहिरिएको बताए ।

‘आजको बैठक धेरैमा १५ मिनेट बस्ने हो । राष्ट्रपतिले बोलाएको समय ४ बजे नै बैठक सुरू हुनुपर्थ्यो,’ नेम्वाङले भने, ‘त्यही भएर प्रधानमन्त्री ४ बजे नै आउनुभएको थियो । भित्र कुरेर उहाँले पटक-पटक सभामुखलाई बैठक सुरू गर्न खबर गर्नुभयो तर सभामुखले बैठक सुरू गर्नु भएन ।’

धेरैबेर कुर्दा पनि बैठक सुरू नभएपछि प्रधानमन्त्री निस्किएको नेम्वाङले बताए ।