logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अध्यादेशको विरोधमा संसद् बहिष्कार गरेका हौं : प्रचण्ड


अंकुरण खबर
2.197K
Shares

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले असंवैधानिक रुपमा ल्याएको अध्यादेश पारित गर्न खोजेकाले संसद् बैठक बहिष्कार गरेको बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले आइतबार अपराह्न संसद् बैठक बहिष्कार गरेर बाहिरिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले भने, ‘अलोकतान्त्रिक सरकारले ल्याएको अध्यादेशको विरोधमा बहिष्कार गरेका हौं ।’

उनले आजको सर्वोच्च अदालतको आदेशले यो कसको सरकार हो भन्ने अन्योल उत्पन्न भएको बताए ।

संसद् बैठक चल्दै गर्दा नेकपा सांसद भीम रावलले बोलेपछि दाहाल–नेपाल समूहले बैठक बहिष्कार गरेको थियो ।

प्रचण्डले आफूहरू संसद अवरुद्ध गर्ने पक्षमा नरहेको बताए ।