logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आज १११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदै


अंकुरण खबर
2.678K
Shares

आज एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरि भव्यताका साथ मनाइदै छ ।

‘नारी आन्दोलनकी अभियन्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषण विरुद्ध आवाज उठाएको ८ मार्चका दिनको संझना स्वरुप हरेक यो दिवस मनाइन्छ । ‘चुनौतीलाई स्वीकार गर’ भन्ने यस वर्षको विश्वव्यापी नारा रहेको छ भने नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ यो दिवस मनाइदै छ । महिलाई हरेक क्षेत्रमा सशक्त,समानुपातिक सहभागिता र संवृद्धिको लागि भन्दै यो दिवस मनाइदै आइएको छ ।

अमेरिकाको सोललिस्ट पार्टीले सन् १९०९को फेब्रुअरी २८ मा महिला दिवस मनाएको थियो । युरोपका केही देशहरुले सन् १९११ मा मार्च १९ का दिन महिला दिवस मनाए । सन् १९१३ देखि मात्रै मार्च ८ कै दिन विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।

८ मार्च अर्थात आज नारी दिवसकै सन्दर्भमा राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने भन्दै शुभकामना व्यक्त गरेकी छिन् ।

राष्ट्रपतिले शुभकामना सन्देश दिँदै नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्‍नको खाँचो महसुस गरेको उल्लेख गरेकी छन् ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनकै लागि सरकारले सोमबार सार्वजानीक विदा दिएको छ ।