logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

किशोरीलाई चार दिनसम्म बन्धक बनाएर करणी, एक युवक पक्राउ


अंकुरण खबर
689
Shares

भक्तपुरको कौशलटारमा एक १७ वर्षीया किशोरीलाई चार दिनसम्म बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २७ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको धनगढी नगरपालिका–४ सन्तनगर घर भई हाल कौशलटारमा डेरा गरी बस्ने २७ वर्षीय दुर्गानन्द चौधरी छन् ।

उनले उदयपुरको गाईघाट घर भएकी १७ वर्षीया किशोरीलाई कोठामा राखेर चार दिनसम्म जबरजस्ती करणी गरेको महामनगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिएका छन् ।

‘विवाह गर्छु, घुम्न जाउ’ भनेर किशोरीलाई गाईघाटबाट बसमा चढाई कौशलटारस्थित डेरामा ल्याएर किशोरीलाई पटक–पटक जबरजस्ती करणी गरेको पाइएको गिरीले जानकारी दिएका छन् ।

चौधरीले ११ फागुनदेखि १४ फागुनसम्म किशोरीलाई कोठामा राखेर जबजस्ती करणी गरेका प्रहरीले जनाएको छ ।

किशोरीले अभिभावकको सहयोगमा २१ फागुनमा चौधरीविरुद्ध जबरजस्ती करणी आरोपमा किटानी जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । चौधरीलाई मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरिएको हो ।

भक्तपुर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।