logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

एकता जोगाउन ओली र दाहालबीच वार्ता गराउन प्रस्ताव


अंकुरण खबर
1.469K
Shares

नेकपा दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठकमा पार्टी एकतालाई जोगाउने विषयमा छलफल भएको छ ।

बैठकमा बोल्ने नेताहरूले लोकतन्त्र र संविधानको रक्षाका लागि भए पनि एक पटक केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल गराउनुपर्ने प्रस्ताव राखेका हुन् ।

बैठकमा नेताहरूले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा रहने सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित भएको भन्दै आपत्ति जनाएका थिए ।

‘सर्वोच्च अदालतको आदेशबारे छलफल भयो। केही नेताहरुले राजनीतिक भएको भन्दै आपत्ति जनाएका थिए । एकता प्रक्रिया जोगाउन दाहाल र ओलीबीच एक पटक छलफल हुनुपर्छ भन्ने धेरैको धरणा छ’, नेता रघुजी पन्तले भने ।

नेताहरूले एकताका लागि अन्य विकल्पमा पनि छ्लफल गर्नुपर्ने भन्ने धारणा राखेका छन् ।