logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न जसपा संसदीय दलको बैठक बस्दै


अंकुरण खबर
2.626K
Shares

जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक आज बस्दै छ ।

सिंहदरबारस्थित दलको कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने भएको हो ।

पूर्वमन्त्रीसमेत रहेका सांसद महेन्द्र राय यादवले प्रतिनिधिसभा पुनःस्थापना भएपछि पार्टीले संसद्मा खेल्नुपर्ने भूमिका र केपी शर्मा ओलीसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व गरेको नेकपाको एकता खारेजी हुँदा पार्टी एकता भंग भएपछि पार्टीले अपनाउने रणनीतिबारे बैठकमा छलफल हुने बताए ।

नेकपा एकता भंग भएपछि सरकार गठनको चलखेल सुरू हुने ठानिएको छ । त्यसका लागि माओवादी केन्द्रले समर्थन फिर्ता लिनु पर्ने हुन्छ ।

यदि त्यस्तो अवस्था आए सरकारमा जाने कि नजाने भन्ने विषयले पनि बैठकमा प्रवेश पाउने सोही पार्टीका अर्का एक नेताले बताए ।

जसपासँग संसद्मा प्रत्यक्ष र समानुपातिक गरी ३४ सिट छ । एमालेसँग १२० सिट छ । सरकार गठन हुन आवश्यक सिट सङ्ख्या १३८ हो । माओवादीले समर्थन फिर्ता लिएपनि जसपा एक्लैले समर्थन गर्दा सरकार गठन हुन्छ ।