logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

धुम्बाराहीमा नेकपाको बोर्ड झिकेर राखियो एमालेको बोर्ड


अंकुरण खबर
676
Shares

धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा ९एमाले०को बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिए पछि धुम्बाराहीस्थित पार्टी कार्यालयमा एमालेको बोर्ड राखिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण हुनु अगाडि धुम्बाराहीमा एमालेकै मुख्यालय थियो ।

यस्तै, देशभरका तत्कालीन एमालेका कार्यालयहरुमा पनि नेकपाको बोर्ड हटाएर एमालेकै बोर्ड राख्न निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० नाम ऋषि कट्टेललाई दिँदै एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरण बदर गरिदिएको थियो ।