logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो


अंकुरण खबर
871
Shares

सुनको भाउ आज मंगलबार ६ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार छापावाला सुन तोलामा ८६ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १ सय ५० मा कारोबार भएको छ ।

यस्तै, आज चाँदीको पनि भाउ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घकाअनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा अस्थिरता आएकाले नेपाली बजारमा पनि सुनको भाउमा उतारचढाव आइरहेको छ ।